स्थानिय चुनावको चर्चासँगै स्थानिय गतिबिधिमा तिब्रता दिदै माओबादी केन्द्र स्याङ्जा

स्याङ्जा । स्थानिय चुनावको चर्चासँगै नेकपा(माओबादी केन्द्र)स्याङ्जाले आफ्ना गतिबिधिलाई तिब्रता दिदै लगेको छ । माओवादी केन्द हरिनास गाउँपालिका स्याङजाले गाउँपालिका पार्टी कार्यलय उद्घाटन तथा प्रशिक्षण् कार्यक्रम् सम्पन्न गरेको छ ।

केहि दिन अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी बिच स्थानिय चुनाव जेठ ४ गते गर्ने सहमति भएको थियो । त्यससँगै स्थानिय स्तरमा विभिन्न पार्टीहरुले गतिबिधि बढाउदै लगेका छन् ।
हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्णाली प्रदेशको विस्तारि बैंठकलाई सम्बोधन गर्दै कार्यकर्तालाई चुनाबको तयारीमा होमिन आग्रह गरेका थिए ।

त्यसँगै माओबादी केन्द्र स्याङ्जाले पनि जिल्लामा सक्रियता बढाएको छ । माओवादी केन्द हरिनास गाउँपालिका स्याङजाले गाउँपालिका पार्टी कार्यलय उद्घाटन तथा प्रशिक्षण् कार्यक्रम् राखेको थियो । कार्यक्रममा माओवादी केन्द्रकी संघिय सांसद अमृता थापा मगर, माओवादी केन्द्रका नेताहरु राजकाजी गुरुङ, शैलेन्द्र घिमिरे,जिल्ला संयोजक प्रकाश न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिका पार्टी कार्यलय उद्घाटन गर्दै सांसद थापाले स्याङ्जा जिल्ला माओबादी आन्दोलनको सम्भावना बोकेको जिल्ला भएको बताईन । स्याङ्जा सचेतहरुको जिल्ला भएकोले राष्ट्रियता र परिवर्तको वाहक शक्ति माओबादीलाई अब स्याङ्जाली जनसमुदायले अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् ।
तेस्तै, कार्यक्रममा वक्ताहरुले गणतन्त्र,सविधानसभा,समावेशीता,संघीयता लगाएतका मुल राजनीति एजेन्डामा देश चलेको भन्दै अब स्याङ्जामा देशलाई आफ्नो एजेन्डामा हिडाउने माओबादी जनताको रोजाइमा रहेको बताएका थिए ।

जिल्लामा तेस्रो स्थानमा रहेको माओवादीले पछिल्लो समयराजनीतिक र सांगठनिक सक्रियता बढाउदै लगेको छ ।

कमेन्ट गर्नुहोस्