चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै,अन्तिम समयमा किन गर्यो भारतले कुटनीतिक बहिष्कार

काठमाण्डौं । चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ ।
भारतले बिहीबार बेइजिङमा हुने शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको घोषणा गर्ने घोषणा गरेको छ ।

दुई देशहरू बीच २०२०मा भएको सीमा झडपमा संलग्न एक कमाण्डरलाई ओलम्पिक टर्चवाहकको रूपमा राखेको भन्दै अन्तिम समयमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको सिएनएनले जनाएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गरेका छन् ।

यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसक्दा तनाव घटेको छैन ।

कमेन्ट गर्नुहोस्