काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले भेट गरेका छन् ।
भेटमा उनले प्रधानमन्त्रीलाई सामान्य खेलकुदमा खेलाडीलाई सहयोग गर्न आग्रह गरेका छन् । साथै राम्रो रङ्गशाला बनाउन पनि आग्रह गरेका छन् । विकल्प खोजेर नेपाली फुटबललाई सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् ।