प्रबासी नेपाली एकता मंच कतारको दोहा नगर कमिटी गठन

थम गिरी, कतार।

प्रबासी नेपाली एकता मंच कतारले संगठन बिस्तारलाई तिव्रता दिएको छ ।

संगठन बिस्तार अभियान अन्तर्गत मञ्चले शुक्रबार एक कार्यक्रमका बीच दोहा नगर कमिटी गठन गरेको छ ।

प्रबासी नेपाली एकता मंच कतारका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रबासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी गैरे थिए। मञ्चका पुर्ब अध्यक्ष तथा सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठ, मञ्चका महासचिव थम गिरी,उपाध्यक्ष याशिन मामा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बुद्धि चन्द राजबंशिको अध्यक्षतामा नबगठित दोहा नगर कमिटीको उपाध्यक्षमा अब्दुल सामद मिया
उपाध्यक्ष एसान्नुल्लाहा मुसलमान सचिब अब्दुल मोकिम उपसचिब जनम बर्देवा कोषाध्यक्ष केबल बि.क सदस्यहरु राजकुमार चन्द नबराज श्रेष्ठ कृष्णदिप कुमाल महिबुल्ला मुसलमान भिम क्षेत्री अनिल गौतम अख्तर हुसेन रहेका छन ।

प्रबासी नेपाली एकता मंच कतारका सल्लाहकार नरेश श्रेष्ठले बधाई तथा स्वागत गरेका कार्यक्रमको संचालन मंचका सचिबालय सदस्य तोयानाथ पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्