वाग्लेको रहस्यमय मृत्यु भएको १ वर्ष पूरा, सार्वजनिक भएन छानबिन समितिको प्रतिवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको रहस्यमयी अवस्थामा मृत्यु भएको वर्षदिन पूरा भएको छ ।

गत वर्ष आजकै दिन प्रतिगमन विरोधी आन्दोलनबाट फर्किँदै गर्दा साँझपख उहाँको मृत्यु भएको थियो ।

पार्टीका प्रखर वक्ता तथा वैचारिक नेताका रुपमा परिचित वाग्लेको मृत्यु के कसरी भयो भन्ने आजसम्म खुल्न सकेको छैन । मोटरसाईकलमा फर्किदै गरेका वाग्लेको दुर्घटनामा मृत्यु भनिएता पनि पार्टीले घटना छानवीनको माग गरेको थियो । तर एक वर्षसम्म पनि छानवीन समितिले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

यहि विषयमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्

क. डाचाराज वाग्लेको रहस्यमय मृत्यु भएको आज एक बर्ष भयो।तात्कालिन नेकपाको केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज क।डाचा प्रतिगमन बिरोधि आन्दोलनमा हुनु हुन्थ्यो ।उहाँको रहस्यमय मृत्यु बारे छानबिन गर्न गठन भएको टोलिले अहिले सम्म प्रतिबेदन बुझाएको छैन ।दुख लागेको छ।पार्टी पंक्ति र परिवारजनले घटनाबारे सरकार चाँडै निष्कर्षमा पुगेर प्रतिवेदन सार्वजनिक गरोस् भनेर चाहेका छन।क.डाचा राज वाग्ले तपाई हाम्रो हृदयमा बसिरहनु भएको छ।

लालसलाम।

कमेन्ट गर्नुहोस्