वैद्य निकट विद्यार्थीका नेता न्यौपाने माओबादी केन्द्रमा प्रवेश ,भन्छन् मुल घर फर्किएर आए

काठमाडौं । मोहन वैद्य किरण निकट अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)मा प्रवेश गरेका छन् । सचिवालय सदस्य बाशु न्यौपानेलाई क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठन प्रवेश गराएकी हुन् ।

क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा न्यौपाने आफू मुल घरमा आएको बताए । उनले यसअघि तितरबितर भए पनि अब मुल घरमा आएको र क्रान्तिकारी संगठनलाई पहिलो संगठन बनाउन लाग्ने बताए ।

यस्तै, क्रान्तिकारीकी अध्यक्ष सिंहले संगठनलाई मजबुत बनाउन र एक नम्बरको संगठन बनाउन तितरबितर भएका सबै एक ठाउँमा आउनुपर्ने बताइन् । उनले न्यौपानेलेलाई स्वागत गर्दै संगठनमा आउने सबै क्रान्तिकारीलाई उपयुक्त र उचित जिम्मेवारी दिइने बताइन् ।

अध्यक्ष सिंहले क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने माओवादी केन्द्रको मुल भावना अनुसार अघि बढ्ने र पहिलो पार्टी बनाउन विद्यार्थी संगठन तयार रहेको पनि बताइन् ।

कमेन्ट गर्नुहोस्