स्याङ्जाबाट गैडाकोट दुलही लिन हिडेको कार पोखरामा दुर्घटना

काठमाण्डौं । स्याङ्जाबाट नवलपुरको गैंडाकोटमा दुलही लिन आएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ । बेहुला चढेको ग २ च ८५५२ नं.को कार लाई पछाडिबाट ग २ च ३११७ नं.को जीपले ठाेकेपछि दुर्घटनामा भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै थिए । प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ ।

प्रहरीका अनुसार कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् । दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्