प्रख्यात गायिका लता मंगेसकरको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

मुम्बई । स्वर कोकिलाका रुपमा प्रख्यात लता मंगेशकरको स्वास्थ्य अवस्था अन्तन्तै जटिल अवस्थामा पुगेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमित भएपछि उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । ९२ वर्षकी लता त्योबेलादेखि नै आइसियूमा रहेकी छिन् ।
अवस्था जटिल बनेपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

भारतीय मिडियाहरुले उल्लेख गरे अनुसार, उनको अवस्थाबारे जानकारी लिन बहिनी आशा भोसले र भाइ ह््रदयनाथ मंगेशकर आज अस्पताल पुगेका छन् । उनीहरु दुईघण्टा त्यहाँ बसेका थिए ।

उनको अवस्था बिग्रेको समाचार बाहिरिएपछि कैयन् राजनीतिज्ञहरु समेत अस्पताल पुगेका छन् ।

लताको उपचार गरिरहेका डा. प्रतीत समदानीले हिजो साँझ दिएको बयान अनुसार, लतालाई एग्रेसीभ थेरापीका माध्यमबाट उपचार गरिरहेको र चिकित्सकको एक टीमले २४ घण्टा उनको निगरानी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्