हिमपातले चार दिनदेखि हवाई सेवा अवरुद्ध

काठमाण्डौं । गत बिहीबार र शुक्रबार परेको हिमपातले सिमिकोटको हवाई सेवा अवरुद्ध भएको छ । त्यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ । मौसममा सुधार आएसँगै हिउँ शनिबार देखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाए पनि साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प भएको हो ।

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालयले जनाएको छ । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने गरेको थियो ।

कमेन्ट गर्नुहोस्