जसपाका केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादीमा प्रवेश

काठमाण्डौं । जनता समाजवादी पार्टी डडेल्धुराबाट (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार डडेल्धुरा अस्पताल विकास समितीका पूर्वअध्यक्ष समेत रहेका सिंहलाई माओवादी केन्द्रका सुदूर पश्चिम इन्चार्ज खगराज भट्टले माओवादी केन्द्रमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सिंहले आफूसँग रहेको सिंगो टिम नै माओवादीमा प्रवेश गर्ने बताए। ‘म सँग रहेका ५० जनाको टिम जिल्ला गएपछि पार्टीमा प्रवेश गर्छन् ।

पछि जिल्लाका करिब ७ सय कार्यकर्ता पनि माओवादीमा आउँछन्’ उनले भने। लक्ष्मण सिंहलाई कुन जिम्मेवारी दिने छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष मान सिंह मालले बताएका छन् । सिंह जसपा अगाडि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्