एकनारायण भण्डारीले आफ्नै आवाजमा ल्याए “जुम्लाबाट आउनु भयो मीत”

काठमाण्डौ । एकनारायण भण्डारी नेपाली साङ्गीतिक क्षेत्रमाका लोकप्रिय सर्जक हुन । आधुनिक र लोक दोहोरी,गजल लगाएत धेरै विधामा आफ्ना रचाना पस्केका भण्डारीले आफ्नै आवाजमा नयाँ गीत जुम्लाबाट आउनु भयो मीत सार्वजनिक गरेका छन ।

स्याङ्जाको गल्याङ् नगरपालिका- ९ गेझामा जन्मेर नेपाली संगितमा क्षेत्रमा विशिष्ट स्थान बनाएका भण्डारीले अघि केही गीतमा मात्रै आवाज दिएका थिए । तर दर्शक स्रोताले “जुम्लाबाट आउनु भयो मीत”लाई सर्वादिक रुचाएको उनी बताउछन् । उनले गीतलाई निकै न्याय गरेर गाएका छन भने सुन्दर शब्द र संगीतको संयोजन गरेका छन् । उनले गीत मार्फत सुगम र दुर्गमा बस्ने बीचको मीत सम्बन्धलाई गीतमा उठाएका छन् ।

मीत शब्द नेपाली समाजमा अहिले लोप हुँदै गइरहेको अवस्थामा उनको गीतले भने मीत शब्द र सम्बन्धको चर्चा बढाएको छ ।

कमेन्ट गर्नुहोस्