इमरान खान र शि जिनपिङले जारि गरे संयुक्त वक्तव्य, भारतका लागि थपियो चिन्ता

बेइजिङ । ओलम्पिकको उदघाटन समारोहमा चीन पुगेका पाकिस्तानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति शी जिनपिङले संयुक्त वक्तव्य जारि गरेका छन् ।
दुबै देशका प्रमुखबीच बेइजिङमा भएको वार्तापछि संयुक्त वक्तव्य जारि गरिएको हो ।
वक्तव्यमा रणनीतिक, कुटनीतिक तथा आर्थिक क्षेत्रमा दुबै देशबीचको सम्बन्ध अझै सदुृढ बनाउने कुरा उल्लेख गरिएको छ ।
द्विपक्षीय सम्बन्ध, क्षेत्रीय अवस्था तथा अन्तराष्ट्रिय राजनीतिक परिदृष्यमा बिहंगम छलफल भएको बताउँदे वक्तव्यमा दुबै देशबीच व्यापार, पूर्वाधार तथा औद्यौगिक विकास, कृषिको आधुनिकीकरण, विज्ञान र प्रविधि, सामाजिक आर्थिक समृद्धिलगायतका विषयमा समझदारी पत्रमा समेत हस्ताक्षर भएको उल्लेख छ ।

दुबै नेताबीच गे्रट हल अफ पिपुलमा बैठक भएको थियो । चारदिने भ्रमणका क्रममा खानले चीनका कैयन उच्चस्तरीय नेतासँग छलफलपछि राष्ट्रपति शी जिनपिङसँग वार्ता गरेका हुन । खानले यसअघि सन् २०१९ पनि चीनको भ्रमण गरेका थिए ।
वार्ताका क्रममा खानले अफगानिस्तानको संकटदेखि कश्मिरको मुद्दासम्म उठाएको उनको कार्यालयले जनाएको छ । कश्मिर मुद्दामा भारतले जनमत संग्रहको मागलाई अस्वीकार गर्दै आएको अवस्थामा संयुक्त वक्तव्यमा भने घुमाउरो पाराले यो कुरा उठाइएको छ ।
चनिले कश्मिर मुद्दा ऐतिहासिकरुपमा विवादित रहेको र यसको समाधान संयुक्त राष्ट्र संघको चार्टरका साथै सुरक्षा परिषदका प्रस्तावका आधारमा द्वीपक्षिय सम्झौताबाट हुनुपर्ने बताएको छ । चीनले कश्मिरमा कुनै पनि एकतर्फी कार्वाहीको बिरोध गरेको छ ।
भारतले पाकिस्तानलाई चीनको नजिक हुन नदिने रणनीति अपनाउँदै आएपछि पछिल्लो भेटघाटले भारतका लागि थप तनाव सिर्जना गरेको हो । पाकिस्तान र चीनबीच कश्मिर मुद्दामात्रै नभएर विश्व राजनीतिमा समेत जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय व्यापार, आतंकवाद जस्ता मुद्दामा समेत कैयन अनौपचारिक समझदारी बनेको देखिन्छ । खानले भारतमा भइरहेको चरम सैन्यकरणले क्षेत्रीय स्थिरतामा नै संकट उत्पन्न गरेको कुरा समेत उठाएपछि भारत झनै सशंकित भएको हो । चीनले समेत पाकिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षामा सहयोग गरिराख्ने प्रतिबद्धता दोहोर्याएको छ ।

कमेन्ट गर्नुहोस्