सावधान, बन्दागोभीमा हुने किराले बिगार्न सक्छ मष्तिष्कः टाउको दुख्नेदेखि ब्रेन फगसम्मको खतरा

प्रायःजसो सलादका रुपमा प्रयोग हुने बन्दागोभी काँचै खाने गरिन्छ । तर के तपाईलाई थाहा छ, बन्दा गोभीमा पाइने कीराले मानिसको मष्तिष्कमैं खतरनाक असर पार्न सक्छ ।

त्यसैले बन्दागोभीका पात खाने बेला विशेष सावधानी अपनाउनुपर्छ ।

बन्दागोभी सबै सिजनमा पाइन्छ । यसलाई स्वस्थ्य आहारको अनिवार्य हिस्सा समेत मानिन्छ । यो रातो, हरियो, बैगनीलगायतको रङ्गमा पाइन्छ ।

बन्दागोभीमा भिटामीन, आइरन र पोटाशियमको मात्र भरपुर पाइन्छ । बन्दा गोभीको सेवनले पाचन प्रक्रियामा सुधार हुने, क्यान्सरबाट रोकथाम, आँखाको दृष्टि बढाउने, तौल कम गर्ने, अल्सर, दुखाइमा कमी, मुटु स्वस्थ्य राख्ने, कपाल स्वस्थ्य राख्ने जस्तो कैयन लाभ हुनसक्छ ।

तर यदि फाइदा हुँदाहुँदै पनि यसको सेवन गर्दा भने विशेष सावधानी अपनाउनुपर्छ ।

भारतकी प्रख्यात डाइटेशियन अनिता झाका अनुसार, बन्दागोभीभित्र लुकेका टेववर्मले मानिसको मष्तिष्कमा नै असर पुर्याउन सक्छन् । यी साना किराहरु आन्द्राका म्युकोसालाई पार गरेर रक्तधारामा पुग्ने र त्यसपछि शरीरमा रहेको रक्त ब्रेन ब्यारियरलाई समेत बे्रक गर्दै मष्तिष्कसम्म पुग्न सक्छन् । यसबाट मष्तिष्क सुन्निने हुनसक्छ । जसबाट टाउको दुख्ने र ब्रेन फग अर्थात मष्तिष्कमा धुवाँ भरिने जस्ता समस्या निम्तिन सक्छन् ।
संक्रमणलाई रोक्नका लागि पकाउनु भन्दा अगाडि या काँचै खानुअगाडि यसलाई निकै राम्रोसँग धुनु जरुरी हुन्छ । सबैभन्दा राम्रो तातो पानीले धुने या ४, ५ मिनेट उमाल्नु राम्रो हुनेछ । यसबाट किरा बाहिर निस्किन्छन् र यो स्वास्थ्यवर्धक हुन्छ ।

कमेन्ट गर्नुहोस्