बेलायतबाट आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो

काठमाडौं । बेलायत सरकारले सहयोगमा सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।
कोभ्याक्स अन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।

बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आउने छ ।

नेपालले विभिन्न माधयेमबाट अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ । भने १८ वर्ष माथिका ७० प्रतिशत नागरिकले खोप लगाईसका छन् ।

कमेन्ट गर्नुहोस्