विप्लव नेतृत्वको नेकपा जुम्लाको सिँगो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रवेश (तस्वीरसहित)

काठमाडौं । नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपा हुम्लाको सिँगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज

जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा रविकिरण सहितको सिङ्गो जिल्ला पार्टी नेकपामा समायोजन भएको हो ।

नव प्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउँदै बाँकी कार्यभार पुरा गर्न बृहत क्रान्तिकारी केन्द्रको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए । समाजवादी क्रान्तिका लागि सबै वामपन्थी शक्तिहरुबीच ध्रुवीकरण आवश्यक भएकोमा जोड दिँदै अध्यक्षले सबै वाम घटकहरुलाई एकताका लागि समेत अपील गरे ।

कमेन्ट गर्नुहोस्