अलपत्र ८ नेपालीलाई यूएईबाट फर्काइयो,अलपत्र पार्ने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिले यूएईबाट ८ जनालाई नेपाल फिर्ता ल्याएको छ ।

नेपाल फर्कनेमा गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई रहेका छन् ।

भिजिट भिसामा यूएई पठाएको समाचार सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्