आज एमसिसीविरुद्ध ६ दल र २ मोर्चाको माइतीघर मण्डलामा संयुक्त प्रदर्शन

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसिसीविरुद्ध आज बृहत प्रदर्शन हुने भएको छ ।

एमसिसीको बिरोधमा रहेका ६ राजनीतिक दल र दुईवटा मोर्चाले आज संयुक्तरुपमा प्रदर्शन गर्ने भएका हुन ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनबिक्रम नेतृत्वको नेकपा मसाल, विप्लव नेतृत्वका नेकपा लगायतका बिभिन्न दलहरुले लामो समयदेखि एमसिसीविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

आयोजकहरुले अपरान्ह १२ बजे माइतघर मण्डलामा उपस्थित हुन सबैलाई अनुरोध गरेका छन् ।

यसअघि यी दलहरुले हिजो साँझ देशैभरि मसाल जुलुस प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्