प्राश्ना शाक्य र प्रताप दासको लगायौ कस्तो मोहनी सार्वजनिक

काठमाण्डौं । गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा लगायौँ “कस्तो मोहनी” गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सींङ र मास्टरिङ रहेको छ ।
पछिल्लो समय लोकप्रिय बनेकि मोडेल गरिमा शर्मा र विष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह “द नेक्स्ट”को युट्युब च्यानलबाट रिलिज गरिएको हो। संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज संगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

विगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक क्षेत्रको विकासमा सक्रिय विष्णु नेपालको पहिलो अभिनयलाई दर्शकले राम्रो मानेका छन् ।

कमेन्ट गर्नुहोस्