डिशहोमले मेगा–फाई इन्टरनेट प्रदान गर्ने

काठमाडौं । डिशहोम फाइवरनेटले ६०० एमबीपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पिड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पिड इन्टरनेटको सुविधा लिन सक्ने डिसहोमले जनाएको छ ।

डिशहोमले ल्याएको वाईफाई राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पिडमा चल्ने कम्पनीको दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्