नेपाल टेलिकम पछि एनसेलले पनि घटायो अन्तर आबद्धता शुल्क

 

एनसेल आजियाटा लिमिटेडले अन्तर आबद्धता शुल्क घटाएको छ । आफ्नोसहित नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको करबाहेक प्रतिमिनेट रु १.९९ बाट घटाई रु १.६२ कायम गरेको छ।

प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ।

यो परिमार्जित नयाँ महसुल दर यही माघ २८ देखि लागू गरिएको र २०७९ साउन २४ गतेसम्म जारी रहने एनसेलले जनाएको छ।

नयाँ महसुल दरबाट लाभ लिन एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सञ्चालन गर्न सकिनेछ।
नयाँ अन्तर आबद्धता कार्यान्वयन भएपछि एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ १० पैसा मात्र कायम गरेको छ ।

त्यस्तै ,नेपाल टेलिकमले २०७८ माघ १८ गतेदेखि लागू हुने गरि अन्तर आबद्धता शुल्क घटाएको थियो । टेलिकम जिएसएम, सिडीएमए र सिफोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट एक रुपैयाँ ८ पैसा तथा जिएसएम, सिडीएमए र सिफोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम भएको थियो ।

कमेन्ट गर्नुहोस्