भ्यालेन्टाइन्स डेमा टेलिकमको निःशुल्क भीओएलटीई कल

काठमाडौं । नेपाल टेलिकमले आज दिनभर निःशुल्क भीओएलटीई कल प्रदान गर्ने भएको छ। १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डेको अवसरमा टेलिकमले निःशुल्क कल सुविधा दिने भएको हो।

निःशुल्क कल सुविधा प्राप्त गर्नका लागि सिममा भीओएलटीई सेवा एक्टिभेट गर्नुपर्ने हुन्छ। त्यसको लागि *४४४# डायल गर्नुपर्छ।

यस्तै हरेक दुई सय र पाँच सयको रिचार्ज वा टपअफमा पनि क्रमशः पाँच सय एमबी र एक हजार २४ एमबी डेटा निःशुल्क पाइनेछ गरि नेपाल टेलिकमले अफर ल्याएको छ।

कमेन्ट गर्नुहोस्