भ्यालेन्टाइन डेमा भयो खुलासाः रेखा थापाले गरिछन दोश्रो विवाह

काठमाडौं । नेपाली सिने उद्योगकी चर्चित अभिनेत्री रेखा थापाले दोश्रो विवाह गरेको खुलासा भएको छ ।
रेखा थापाले केही दिन अघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको कुरा आजमात्रै सार्वजनिक भएको हो ।

काठमाडौं जिल्ला अदालतमा पुगेर दुबैले विवाह गरेको भए पनि रेखा थापाले भने आफ्नो विवाहको बारेमा कुनै कुरा सार्वजनिक गरेकी छैनन् ।

रेखा र बलराम प्रेम सम्बन्धमा रहेको कुरा भने यसअघि नै खुलासा भएको थियो । रेखा थापाले उपयुक्त समयमा वैशाखभित्र विवाह गर्ने बताउँदै आएकी थिइन ।

रेखाको पहिलो विवाह निर्देशक छवि ओझासँग भएको थियो । केही वर्षअघि दुबैबीच सम्बन्धविच्छेद भएपछि रेखाले दोश्रो विवाह गर्ने अडकलबाजी हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्