सुबिसुले ल्यायो ‘सुपर रफ्तार अफर’

काठमाण्डौं । इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत अब सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने भएका छन् ।

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु. १ हजार ७७० प्रति महिनामा प्राप्त हुने कम्पनीले जनाएको छ । त्यसमा सर्त तथा नियमहरु लागु हुने गरि अफर ल्याएको कम्पनीले जनाएको हो ।

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको रुपमा काम गर्दै आएको सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्