सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक शुरु

काठमाडौं । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरुको बैठक वालुवाटारमा शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस कुनै पनि हालतमा एमसीसी सम्झौता संसदीय अनुमोदनका लागि संसदमा पेश गर्ने तयारीमा छन् भने सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संसदको अवरोध कायमै रहेकाले एमसीसी टेबल गर्न नहुने बताएका छन्।

सरकारले बलजफ्ती एमसीसी संसदीय अनुमोदनका लागि अघि बढाए सरकारबाट बाहिरिने र गठबन्धन भंग हुने माओवादीले बताउँदै आएको छ। आजको शीर्ष बैठकबाट अबको नेपाली राजनीति कता मोडिन्छ भनेर धेरैले चासोका साथ हेरिरहेका छन्।

 

कमेन्ट गर्नुहोस्