पाँचदलीय बैठक निष्कर्षविहीन, ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटतर्फ लागे

काठमाडौं । एमसीसी सम्झौताबारे सहमति जुटाउन बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिनेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटतर्फ लागेका छन्।

बेलुका ८ बजेतिर बैठक सकिनेबित्तिकै वालुवाटारबाट प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट लागेका हुन्।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुटाउन बिहीबार साँझ वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेको थियो।

याे पनि पढ्नुस  बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित सत्तारुढ दलका नेताबीच एमसीसीमा कुरा नमिलेपछि शुक्रबार बिहान फेरि छलफल गर्नेगरी बैठक सकिएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर रुपले छलफल गरिएको जानकारी दिए। ‘गम्भीर रुपले आज मुलुकको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ। संसदलाई कसरी अगाडि बढाउने, एमसीसीलाई सार्वभौम संसदमा छलफल गरेर कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरताका साथ छलफल भयो’, बैठकपछि उनले भने।

याे पनि पढ्नुस  स्टुडियाेमै किन रोए प्रधानमन्त्री ?

उनले शुक्रबार बिहान १० बजे फेरि गठबन्धनको बैठक बस्ने जानकारी पनि दिए। ‘भोलि १० बजे यो बैठक फेरि जारी रहन्छ र थप निर्णय हुन्छ’, मन्त्री कार्कीले भने।

कमेन्ट गर्नुहोस्