१० हजार नर्स बेलायत पठाउने तयारी

काठमाडौं । नेपाल सरकारले जीटूजी मार्फत् नर्स बेलायत पठाउने तयारी थालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बेलायत सरकासँग श्रम सम्झौता गरी आगामी मार्चसम्ममा मोडालिटी तयार गर्ने गरि अघि बढेको छ ।

बेलायतले आफ्नो देशमा नेपाली स्वास्थ्य जनशक्तिलाई लैजाने प्रस्ताव अघि बढाएपछि तीन महिना अघिदेखि मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गरेको हो ।

यसबीचमा श्रम सम्झौताअनुसार जनशक्ति पठाउने मोडालिटी बनाएर ड्राफ्ट बनाइ छलफलमा लगिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठका अनुसार मोडालिटीबारे विस्तृत छलफल गरी मार्चसम्म अन्तिम रुप दिइने छ ।

कस्तो जनशक्ति जान पाउँछ

श्रम मन्त्रालय र बेलायतको नेसनल हेल्थ सर्भिसेसका प्रतिनिधीहरुबीच भएको छलफलमा नेपालबाट लगिएका स्वास्थ्य जनशक्तिलाई बेलायतको सरकारी सोवा अन्तरगतका स्वास्थ्य संस्थामा रोजगारीको अवसर दिने छ । सोही अनुसार १० हजार नर्स बेलायत पठाउन लागिएको हो ।

त्यसका लागि नेसनल हेल्थ सर्भिसेसले तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । सरकारी सेवामा रहेका वा अन्य सेवाका नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुले परीक्षा दिन पाउने छन् ।

कुन विधामा परीक्षा लिइने भन्नेबारे टुंगो मोडालिटी बन्दै छ । नेपालमा नर्स, पारामेडिक्स तथा अन्य जनशक्तिमध्ये कति बेरोजगार छन् भनेर रिसोर्स म्यापिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल नर्सिङ परिषदको तथ्यांक अनुसार नेपालमा सन् २०२१ नोभेम्बरसम्म ६७ हजार ५०९ नर्स दर्ता भएका छन् । अहिले नेपालमा नर्स बरोजगार बढेको र काम पाए पनि न्युनतम ज्यालमा काम गर्न परेकोले नेसनल हेल्थ सर्भिसेसले नेपाली नर्सलाई रोजगारीको अवसर दिन लागेको हो

कमेन्ट गर्नुहोस्