पेटमा बोसो थपिएर धेरै मानिस हैरान भएका हुन्छन् । बोसो घटनाउनका लागि कतिपयले जिमको सहारा लिन्छन, कतिपय दौडिन्छन्, कतिपयले अन्य कसरत र योगदा गर्दछन् ।
तर सबैमा त्यही अनुपातमा पेट भने घटदैन ।
कारण के त ?
कतिपयले यसको कारण खानपीन भएको बताउँछन् । हामीले जतिसुकै क्यालोरी बर्न गरेपनि फेरी क्यालेरी पाइरहने खाना नियमित गर्यौं भने कसरतले अन्य लाभ दिएपनि पेटको बोसो नै भने कम घटने हुन्छ ।
के गर्ने त ?
यी कुरा खान बन्द गर्नुस्
-चिनी, मिठाई, आइसक्रिम
-घी रिफाइन्ड तेल, मक्खन
-फास्ट फूड, पीजा, बर्गर, मम, चाउमीन, समोसा जस्ता कुराहरु
-होटल र बाहिर रेष्टुरेन्टतिरको खाना
-मदिरा र मदिराजन्य पदार्थ
-क्रिम भएको दूध
के खाने त ?
-बिहान खाली पेटमा एक गिलास मनतातो पानीमा आधा कागती निचोरेर हरेक दिन पिउनुस् ।
-बिहानको नास्तामा चिया, दुईवटा विस्कुट या चियाको साटो एउटा फल या दुई टमाटर र एउटा सानो काँक्रो खानुस
-चिनीको स्थानमा मिश्री या गुडको प्रयोग गर्नुस् ।
-डबल टोन्ड मिल्क (क्रिम निकालेको) प्रयोग गर्नुस
-लन्च (बिहानको खाना)मा दुईवटा रोटी, तरकारी, दाल र सलाद खानुस, रोटी दुई भन्दा बढी नखानुस् ।
-दिउँसो चार बजे चियाको साटो लेमन टी खानुस्, चिनीको साटो मह मिलाउनुस् । चियाको साटो एउटा फल पनि लिन सक्नुहुन्छ ।
-रातीको खाना (डिनर) मा एक कचौरा चामल या एउटा रोटी, दाल, सलाद खानुस् ।
-हरेक दिन बिहान र साँझ कम्तीमा तीन किलोमिटर हिँडनुस या दश किलोमिटर साइकल चलाउनुस् ।
यदि यो भन्दा बढी खानु भयो भने पेट कम हुने छैन ।
हरेक हप्ता शनिवारका दिन तौल जाँच्नुस र यसलाई नोट गर्नुस् । यसलाई भित्तामा लगाउनुस् ।
यो क्रिया ६ महिनासम्म निरन्तर गर्नुस्, तपाईले पाँचदेखि १० किलो वजन कम गर्न सक्नुहुन्छ ।