एमालेका कारण मुलुक ‘अर्ली इलेक्सन’तर्फ जानसक्ने- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का कारण आउँदो मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउनसक्ने सम्भावना व्यक्त गरेका छन् ।

काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन ।

थापाले स्थानीय तहको निर्वाचन भने वैशाख ३० गते नै हुने दाबी गरे । २०७४ सालपछि कांग्रेसले चुनाव हारे पनि नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदा बाध्यताले सरकारमा रहेको जिकिर गरे।

महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको महामन्त्री थापाको भनाई थियो । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिश गरिरहेको भन्दै उहाँले पार्टीमा सभापतिलाई बलियो बनाउने अभ्यास सुरु गरेको बताए ।

कमेन्ट गर्नुहोस्