महोत्तरीमा कन्टेनर र ट्रक ठोक्किँदा एकको मृत्यु, तीन घाइते

धनुषा । महोत्तरीको बर्दिबास नगरपालिका–५ जंघा पुलमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका ३ पाटुका ३० वर्षीय रुपेश बरायलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको स्थानीय शुभस्वस्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जानाएको छ।

आज साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम तिर जाँदै गरेको ना ३ ख ६९६४ नम्बरको ट्रक र विपरीत दशाबाट भुस लोड गरेर आउँदै गरेको प्र १–०२–००१ ख ९०९७ नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा कन्टेनर चालक ललितपुर माहाकाल गाउँपालिका ३ का ४२ वर्षीय राजु लामा, ट्रकमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घाँरीबथान बस्ने २२ वर्षीया सुजता खड्का र सहचालक निरज परियार गम्भीर घाइते भएका छन्।

लामालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ भने खड्का र परियारको बर्दिबासको एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्