रोचक तथ्यः कुन दिशामा सिरानी राखेर सुत्दा के हुन्छ ?

निन्द्रा लाग्यो भने जता र जसरी पनि सुते के फरक पर्छ र भनेर कतिपयले सोच्ने गर्दछन । तर पूर्वीय मान्यता अनुसार, सुत्दाखेरि टाउको कुन दिशातर्फ राख्ने भन्ने कुराले अर्थ राख्छ ।

कतिपयले उत्तर र दक्षिण दिशालाई राम्रो मान्छन् भने केहीले पूर्व या पश्चिम ।

त्यसो भए कुन दिशामा सुत्दा के फाइदा हुन्छ त ?

शास्त्रहरुले के भन्छन् ,

यसको वैज्ञानिक कारण पनि केही छ कि

आउनुस् पढौं

पूर्व दिशाः

बास्तु शास्त्रको अनुसार यता सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन भनिन्छ । तपाई विद्याको धनी बन्नु हुन्छ । जसले सकारात्मक ऊर्जा दिन्छ ।

पश्चिम दिशाः यो दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पाइन्छ । आफ्नो प्रतिष्ठा बढेको महसुस हुन्छ ।

उत्तर दिशाः

मानिसले ख्याल गर्नु पर्ने मूख्य कुरा यहि हो । यता सिरानी राखेर सुते हिन्दु धर्म शास्त्रमा खतरनाक मानेको कछ। विभिन्न प्रकारका रोगहरुले सताउने आक्रमण गर्ने बताइन्छ ।

दक्षिण दिशाः

यो दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । तपाईलाई धनसँगै खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा लेखिएको छ । सकारात्मक उर्जा पैदा भइ जीवन मनमोहक बन्ने कुरामा विस्वास छ ।

के छ त वैज्ञानिक अर्थ ?

सुत्ने विषयलाई शास्त्रिय मान्यता मात्र होइन खासगरी पृथ्वीमा चुम्बकिय तत्वसँग पनि गाँसेर बुझिन्छ ।  दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ ।

तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठीक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह भई नकारात्मक असर पर्दछ । खुट्टाबाट प्रवेश गरेर टाउको बाट चुम्बकिय तरङ्ग निस्कन्छ । यसको साइड इफेक्ट हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

त्यसैले हामी सबैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गर्नु राम्रो हुन्छ ।

यदि हामीले सिरानी पूर्वी दिशामा बनाए र सुते स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने गर्दछ । सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु भने हुँदैन ।

सुताई सम्बन्धी केही कुरा

– उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

– उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

– सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

– सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

– नियमित तालिका अनुसार सुत्नुपर्छ ।

– खाना खाए लगत्तै सुत्नु हुँदैन ।

– सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

– राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

– कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

कमेन्ट गर्नुहोस्