काठमाण्डौं । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६ सय ५४ नेपाली रोजगारीका लागि लैजाने भएको छ। तीमध्ये ६ हजार नौ सय १३ उत्पादनमूलक र दुई हजार सात सय ४१ कृषि तथा पशुपालनतर्फ लैजाने छ।
कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ।
भाषा परीक्षामा सहभागी हुन चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने छन्। परीक्षाका पछि सीप परीक्षण पनि हुनेछ। आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ। यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ।
कृषि तथा पशुपालन क्षेत्रतर्फको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ।
यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो र दोस्रो चरणको नतिजा क्रमसः आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ।