शहीद भगतसिंहको जीन्दगीका अन्तिम १० घण्टा….

लाहौर सेन्ट्रल जेलमा २३ मार्च १९३१ को शुरुआत अरु दिनजस्तै भएको थियो । फरक के मात्रै थियो भने त्यो दिन सखारै जोडको आँधी आएको थियो ।

तर जेलका कैदीहरुलाई भने एउटा कुरामा अचम्म लाग्यो । बिहान चार बजे नै वार्डेन चरत सिंहले उनीहरुलाई आ–आफ्नो कोठामा जान आदेश दिए । तर यसको कारण भने बताएनन् । उनले यति मात्रै भने, “यो माथिको आदेश हो ।”
कैदीहरु विष्मयमा परेकै बेला जेलको नाउ बरकत भने हरेक कोठा अगाडि गएर खासखुस गर्दै थियो– आज राती भगत सिंह, राजगुरु र सुखदेलाई फाँसी दिइने भएको छ ।

कैदीहरुले बरकत सिंहसँग भगतसिंहको कुनै कुरा जस्तो कि कलम, काईंयो, घडी या यस्तै केही ल्याएर दिन नाउ बरकतसिँहसँग अनुरोध गरे । “हाम्रा नाति नातिनीलाई हामी पनि कुनैबेला भगतसिंहसँग जेलमा थियौं भनेर भन्नेछौं ।” बरकतलाई अनुरोध गर्दै उनीहरुले भने ।

बरकत सिंह भगत सिंहको कोठामा गएर त्यहाँबाट उनको कलम र काईंयो लिएर आए । सबै कैदीबन्दीमा त्यो पाउन होडबाजी नै भयो । पछि कसले पाउने भनेर ड्र गरियो ।

अब भने सबै कैदी मौन थिए । उनीहरुका आँखा कोठाबाहिरको बाटोमा तेर्सिएका थिए । भगतसिंह र उनका साथीहरुलाई फाँसीमा झुण्ड्याउन त्यही बाटोबाट लगिने भएको थियो ।

त्यसअघि पनि भगत सिंहलाई त्यही बाटो लगेर जाँदा पञ्जाब कांग्रेसका नेता भीमसेन सच्चले ठूलो स्वरमा उनीसँग सोधेका थिए, “तपाई र तपाईका साथीहरुले लाहौर षडयन्त्र केसमा आफ्नो बचाऊ किन गर्नुभएन ?”

भगतसिंहको उत्तर थियो, “इन्कलाबीहरुलाई मर्नु नै पर्ने हुन्छ, किनभने उनीहरु मरेपछि मात्रै उनीहरुको अभियान मजबूत हुन्छ, अदालतमा अपील गरेर होइन ।”

भगतसिंहले मुस्कुराउँदै मेहताको स्वागत गरे सोधे, “मैले भनेको रिभोलुसनरी लेनिन नामक किताब ल्याउनु भएको कि भएन ? ।”

बार्डेन चरत सिंह भगतसिंहका शुभचिन्तक थिए र आफ्नोतर्फबाट भगतका लागि केही गर्न सके सकेको गर्दथे । उनकै कारण लाहौरको द्वारकादास पुस्तकालयबाट किताब निकालेर भगतसिंहकी श्रीमती जेलभित्र आउन पाउँथिन।
जेलको कठीन जिन्दगी

भगत सिंहलाई किताब पढ्ने रुचि यतिविधि थियो कि एकपटक उनले आफ्नो स्कूलका साथी जयदेव कपूरसलाई लेखेका थिए, “मलाई कार्ल बिलनेख्तको ‘मिलिट्रिज्म’, लेनिनको ‘लेफ्ट विङ कम्युनिज्म’ र ओप्टन सिंक्लेयरको उपन्यास जासुस कुलबीरको माध्यमबाट पठाइदिनु”

भगतसिंह भने जेलको कठीन जिन्दगीसँग अभ्यस्त हुँदै गएका थिए । उनको कोठा नम्बर १४ को भूईं पक्की थिएन । त्यसमा घाँस उम्रेको थियो । कोठामा यति साँघुरो थियो उनको पाँच फुट, दश इन्चको शरीर मुस्किलले सुत्न सक्थ्यो ।
भगतसिंहलाई फाँसी दिनुभन्दा दुई घण्टा अघि उनका वकिल प्राणनाथ मेहता उनीसँग भेट्न आए । मेहताले पछि लेखेका थिए, “भगतसिंह आफ्नो साँघुरो कोठरीमा पिँजरामा बन्द सिंहजस्तै चक्कर लगाइरहेका थिए ।”

भगतसिंहले मुस्कुराउँदै मेहताको स्वागत गरे सोधे, “मैले भनेको रिभोलुसनरी लेनिन नामक किताब ल्याउनु भएको कि भएन ? ।” मेहताले उनलाई पुस्तक दिएपछि उनी त्यतिखेर नै त्यसलाई पढन थाले मानौं कि अब उनीहसँग धेरै समय बाँकी छैन ।  त्यसाे त समय पनि कहाँ बाँकी थियाे र जम्मा २ घण्टामात्र ।

मेहताले उनलाई देशका लागि केही सन्देश दिन चाहनुहुन्छ भनेर सोधेपछि भगतसिंहले किताबाट टाउको उठाउँदै भने, “मात्र दुईवटा सन्देश, साम्राज्यवाद मूर्दावाद र इन्कलाब जिन्दाबाद ।”

केही समयपछि तीनैजना क्रान्तिकारीहरुलाई फाँसीको तयारीका लागि उनको कोठाबाहिर निकालियो । भगतसिंह, राजगुरु र सुखदेवले आफ्ना हात जोडे र प्रिय स्वतन्त्रताको गीत गाउन थाले ।

यसपछि भगतसिंहले मेहतासँग आफ्नो मुद्दामा गहिरो रुचि लिएको कारण पण्डित नेहरु र सुभासचन्द्र बोसलाई आफ्नो धन्यवाद पु¥याइदिन भने । भगतसिंहसँग भेटेपछि मेहता राजगुरुलाई भेटन उनको कोठामा पुगे ।

राजगुरुका अन्तिम शब्द थिए, “हामी चाँडै भेट्नेछौं ।” सुखदेवले मेहतालाई उनको मृत्युपछि जेलरसँग मागेर केही महिना किनेको क्यारमबोर्ड लगेर जान समेत भने ।

मेहता फर्केको केही समयपछि जेल अधिकारीहरुले तिनैजना क्रान्तिकारीहरुलाई उनीहरुलाई निर्धारित समयभन्दा १२ घण्टा अघि नै फाँसी दिइन लागेको बताए । अर्को दिन बिहान ६ बजेको स्थानमा उनीहरुलाई त्यहिदिन साँझ सात बजे फाँसीमा चढाउने योजना भएको बताइएको थियो ।

भगत सिंहले मेहताले दिएका पुस्तकका केही पानामात्रै पढन पाएका थिए । उनको मुखबाट निस्कियो, “के तपाई मलाई यो किताबको एउटा अध्याय पनि समाप्त गर्न दिनुहुन्न र ?”

भगत सिंहले जेलका मुस्लिम सफाई कर्मचारी बेबेसँग फासी दिनुभन्दा एकदिन अघि साँझ उनको घरबाट खाना ल्याइदिन अनुरोध गरे । तर बेबेले भने भगतसिंहको इच्छा पुरा गर्न सकेनन् । किनभने भगतसिंहलाई १२ घण्टा अघि नै फाँसी दिने फैसला लिइएको थियो । र, बेबे जेलको गेटभित्र पस्न नै पाएन ।

केही समयपछि तीनैजना क्रान्तिकारीहरुलाई फाँसीको तयारीका लागि उनको कोठाबाहिर निकालियो । भगतसिंह, राजगुरु र सुखदेवले आफ्ना हात जोडे र प्रिय स्वतन्त्रताको गीत गाउन थाले ।

कहिले त्यो दिन आउनेछ

कि हामी स्वतन्त्र हुनेछौं ।

यो भूमि हाम्रो हुनेछ

यो आकास हाम्रो हुनेछ ।

त्यसपछि यी तिनैजनाको एक एक गरी तौल लिइयो । सबैको तौल बढेको थियो । सबैलाई जीन्दगीको अन्तिम स्नान गर्न भनियो । त्यसपछि उनीहरुलाई कालो कपडा लगाइयो । तर अनुहार भने खुला नै रहन दिइयो ।
चरत सिंहले भगत सिंहको कानमा सुस्तरी भन्यो, “वाहे गुरु (सिख भगवान)लाई याद गर्नुस् ।”

उनको आवाज सुन्नेबित्तिकै अरु कैदीहरु पनि नारा लगाउन थाले । तीनैजना युवा क्रान्तिकारीहरुको घाँटीमा फाँसीको डोरी हालियो । उनीहरुका हातखुट्टा बाँधिए ।

भगत सिंहले भने, “मैले सिँगो जीवन इश्वरलाई सम्झिनँ । त्यसो त मैले कैयनपटक गरिबहरुको दुखका लागि इश्वरलाई सरापेको पनि छु । यति अहिले आएर मैले माफी मागे भने पनि उनले म भन्दा कमजोर र डरपोक कोही छैन भन्नेछन् । यसको अन्त्य नजिक आउन थालेको भएर माफी माग्न आएको भन्नेछन् ।”

जसै जेलको घडीले ६ बजेको घण्टी बजायो, कैदीहरुले टाढाबाट आइरहेका केही पदचाप सुने । त्योसँगै भारी बूटहरु जमिनमा बजारिएको आवाज पनि आइरहेको थियो साथै सुस्त आवाजमा एउटा स्वर पनि सुनिँदै थियो, “सरफरोशी की तमन्ना अब हमारे दिल में है ।”

अचानक सबैलाई जोडजोडले नारा लगाएको सुनियो– इन्कलाब जिन्दाबाद, हिन्दुस्तान आजाद होस्”

भगतसिंह यी तीनैजनाको बीचमा उभिएका थिए । भगतसिंहले मर्नुअघि फाँसीको तख्ताबाट इन्कलाब जिन्दावादको नारा लगाउने भनेर आफ्नी आमालाई दिएको वाचा पुरा गर्न चाहन्थे ।

लाहौर जिल्ला कांग्रेसका सचिव पिन्डी दास सोंधीको घर लाहौर सेन्ट्रल जेल नजिकै थियो । भगतसिंहले यति जोडले इन्कलाब जिन्दाबाद भने कि उनको आवाज सोंधीको घरसम्म सुनिन पुग्यो ।

उनको आवाज सुन्नेबित्तिकै अरु कैदीहरु पनि नारा लगाउन थाले । तीनैजना युवा क्रान्तिकारीहरुको घाँटीमा फाँसीको डोरी हालियो । उनीहरुका हातखुट्टा बाँधिए ।

त्यसैबेला जल्लाद (फाँसी लगाउने मानिस)ले सोध्यो– सबैभन्दा पहिला को जाने हो ?

सुखदेवले सबैभन्दा पहिला फाँसीमा झुण्डिने बताए । जल्लादले एकएक गरेर डोरी तान्यो र उनीहरुको खुट्टामुनि राखिएको काठको तख्तालाई खुट्टाले हानेर पर फाल्यो । निकै बेरसम्म उनीहरुका शब डोरीमा झुण्डिदै रहे ।
अन्तमा उनीहरुलाई तल उतारियो र त्यहाँ उपस्थित डाक्टरहरु लेफ्टिनेन्ट जर्नल जेजे नेल्सन र लेफ्टिनेन्ट कर्नल एनएस सोधीले उनीहरुलाई मृत घोषित गरे ।

त्यसैले जेलको पछाडिको पर्खाल तोडियो अनि त्यही बाटो एउटा ट्रक जेलभित्र ल्याइयो । त्यसमा निकै अपमानजनक तरिकाले उनी शवहरुलाई एउटा सामानको जस्तै फालियो ।

उनीहरुलाई दिइएको फाँसीको असर एकजना जेल अधिकारीलाई यतिसम्म पर्यो कि उनले मृतकहरुको पहिचान गर्नका लागि अस्वीकार गरे । त्यहिबेला उनलाई निलम्बित गरियो । पछि अर्को जुनियर अफिसरलाई यो काम दिइयो ।

शुरुमा सबैको अन्तिम संस्कार जेलभित्रै गर्ने योजना थियो । तर जेलभित्र धुवाँ उठेको देखेपछि बाहिर जम्मा भएको भीडले जेलभित्र हमला गर्नसक्ने आशंका गरेपछि यो योजना परिवर्तन गरियो ।

त्यसैले जेलको पछाडिको पर्खाल तोडियो अनि त्यही बाटो एउटा ट्रक जेलभित्र ल्याइयो । त्यसमा निकै अपमानजनक तरिकाले उनी शवहरुलाई एउटा सामानको जस्तै फालियो ।

अन्तिम संस्कार रावी नदीको तटमा गर्ने योजना भएपनि त्यहाँ पानी कम भएको कारण सतलजको किनारमा शवहरु जलाउने निर्णय लिइयो ।

उनीहरुको पार्थिव शरीरलाई फिोरजपुर नजिकै सतलजको किनारमा ल्याइयो । यतिखेरसम्म रातीको १० बजिरसकेको थियो । यसैबीच प्रहरी अधिक्षक सुदर्शन सिंह कसुरले गाउँबाट एकजना पुजारी जगदीश अचरजलाई बोलाएर ल्याए ।

शवहरुमा आगो मात्रै के लगाइएको थियो कि मानिसहरुलाई यसबारेमा थाहा भयो । ब्रिटिश सैनिकहरुले मानिसहरु आफूतर्फ आइरहेको देखेपछि शवहरुलाई त्यहीँ छोडेर उनीहरु गाडीतर्फ भागे । गाउँलेहरुले पुरै रात ती शवलाई चारैतिरबाट पहरा दिए ।

अर्कोदिन दिउँसो जिल्ला मेजिस्ट्रटको हस्ताक्षसँगै लाहौरका कैयन क्षेत्रमा सूचना टाँसियो । सूचनामा भगतसिंह, सुखदेव र राजगुरुलाई सतलज किनारमा हिन्दू र सिख रितिरिवाजबाट अन्तिम संस्कार गरियो भन्ने उल्लेख थियो ।

फूलहरुले ढाकिएका तीन ताबुतमा उनीहरुको शव त्यहाँ पुगेपछि भीड भावुक बन्यो । मानिसहरुले आफ्नो आँसु रोक्न सकेनन् ।

यो खबरमाथि मानिसहरुको कडा प्रतिक्रिया आयो । अन्तिम संस्कार गर्नु त परै जावोस, शवहरुलाई राम्रोसँग जलाउन पनि नजलाएको भनेर मानिसहरुले आलोचना गरे । जिल्ला मेजिष्ट्रटले यसको खण्डन गरेपनि उनीमाथि कसैले विश्वास गर्ने कुरा थिएन ।

तिनैजना क्रान्तिकारीहरुको सम्मानमा तीन माइल लामो शोक जुलुस नीला गुम्बदबाट सुरु भयो । पुरुषहरुले बिरोधस्वरुप आफ्नो पाखुरामा कालो पट्टी बाँधेका थिए भने महिलाहरुले कालो साडी लगाएका थिए ।
सबैका हातमा कालो झण्डा थिए । लाहौरको मलबाट अघि बढ्दै जुलुस अनारकली बजारको मध्यमा रोकियो ।

त्यसैबेला एउटा घोषणाले भने पुरै भीड स्तब्ध भयो । तीनजना सहीदहरुका बचेका अवशेस बोकेर भगत सिंहको परिवार फिरोजपुरबाट त्यहाँ आएको घोषणा गरिएको थियो ।

फूलहरुले ढाकिएका तीन ताबुतमा उनीहरुको शव त्यहाँ पुगेपछि भीड भावुक बन्यो । मानिसहरुले आफ्नो आँसु रोक्न सकेनन् ।

त्यहीँ एकजना प्रख्यात अखबारका सम्पादक मौलाना जफर अलिले कविताको एउटा लाइन पडे जसको अर्थ थियो, “कसरी यी शहीदहरुका आधा जलेको शवलाई खुला आकासमुनि जमिनमा छोएिको थियो ।”

उता वार्डन चरत सिंह सुस्त पाइला चाल्दै आफ्नो कोठामा पुगे र धुरुधुरु रुन थाले । आफ्नो ३० वर्षको जागीरे जिन्दगीमा उनले सैयौं फाँसी देखेका थिए । तर भगत सिंह र उनका दुई कमरेडले जस्तो कसैले यति बहादुरीपूर्वक मृत्यु अँगालेको देखेका थिएनन् ।

त्यो बेला कसैलाई १६ वर्षपछि उनीहरुको शहादत ब्रिटिश साम्राज्यको अन्त्यको एउटा कारण बन्न पुग्ने छ र भारतको जमीनबाट सबै बेलाइती सेना सधैंका लागि जानेछन् भन्ने कुराको अलिकति पनि आभास थिएन ।

(यो लेख मालबिन्दर सिंह वडाइचको पुस्तक ‘इटर्नल रेबलु’, चमनलालको ‘भगत सिंह डकुमेन्ट्स’ र कुलदीप नैयरको पुस्तक ‘विदआउट फियर’ मा प्रकाशित सामग्रीमा आधारित छ । यो मूलरुपमा वर्ष २०१७ मा पहिलोपटक प्रकाशित भएको थियो ।)

बिबिसी हिन्दीको अनलाईन संस्करणमा प्रकाशित यो आलेखलाई एभरेष्टदैनिकडटकमका लागि गोकर्ण भट्टले अनुवाद गरेका हुन ।

कमेन्ट गर्नुहोस्