सेनाको घेराभित्र मतपत्र छपाई हुने, आज आयोग र सेना पदाधिकारीले प्रेसको निरिक्षण गर्दै

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न तयारी अवस्थामा रहेको जनाएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मतपत्र छपाई मेसिन तयारी अवस्थामा राखिएको छ ।

गत शुक्रबारको निर्णय अनुसार आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।

मतपत्र नेपाली सेनाको निगरानीमा छापिने छ । ‘सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाको सुरक्षा घेरामा मतपत्र छपाई कार्य हुन्छ,’ उनले भने ।

याे पनि पढ्नुस  महालक्ष्मी नगरका मेयरका उम्मेदवार शिव कट्टेलका यस्ता छन् योजना

आयोगले पनि मतपत्र छापिने स्थलमा नेपाली सेना सुरक्षा तैनाथ हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको अनुभवलाई हेरेर आवश्यकता अनुसार सेनाले मतपत्रस्थलमा सुरक्षा रणनीति तय गर्ने बताए । ‘विगतका अनुभवलाई हेरेर नेपाली सेनाले मतपत्र छापिने क्षेत्रको सुरक्षा रणनीति तयार गर्नेछ’, प्रवक्ता पौडेलले बताए ।

यता, केन्द्रका सूचना अधिकारी आचार्यले कति सेना परिचालन गर्नेबारे आयोग र सेनाबीच सहमति भएको र सोही अनुसार सेना परिचालन हुने जानकारी दिए । विगतका निर्वाचनमा १५० जना सैनिकको निगरानीमा मतपत्र छपाइ हुने गरेको पनि उनले जानकारी दिए ।

याे पनि पढ्नुस  ८७ प्रकारका मतपत्रको तयारी, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई गरिने

आचार्यका अनुसार आजै मतपत्र छपाइ केन्द्रको निरीक्षण गर्न आयोग र सेनाका पदाधिकारी आउँदैछन् । यसक्रममा सेनाको टोलीले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउने छ । सुरक्षा घेरासहित सुरक्षाकर्मीले निगरानी गर्न थालेपछि मतपत्र छपाइ कार्य सुरु हुनेछ,’

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।

याे पनि पढ्नुस  स्थानीय निर्वाचन प्रचार योजना र महत्व

आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाई कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

कमेन्ट गर्नुहोस्