म्यादी प्रहरी बन्न तौल नपुगेपछि खल्तीमा १ किलोको ढक

बुटवल । कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको खल्तीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिएको भेटिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरीले बतायो ।

आफ्नो वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्याउन उनले यस्तो गरेको प्रहरीले जनाएको छ । कपिलवस्तुमा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जसमा १४५४ महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्