भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने

काठमाडौं । भन्सार एजेन्टको परीक्षा सञ्चालनको लागि उच्च अदालत पाटनले बाटो खुलाइदिएसँगै परिक्षा मिति सार्वजनिक भएको छ । स्थगित परिक्षा आगामि वैशाख १७ गते हुने भएको हो ।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन्।

न्यायधीशद्वय श्रीमणकुमार गौतम र महेन्द्रनाथ उपाध्यायले भन्सार ऐन २०६४ र नियमावलीमा आरक्षण सम्बन्धी कुनै व्यवस्था नभएको एवं निवेदकले उक्त सूचनाअनुरूप आवेदन दिएको भनि निवेदनमा नै उल्लेख गरेको जनाउँदै नीतिगत प्रश्नमा निवेदनको अन्तिम टुंगो लाग्दाको बखत एकैचोटी सम्बोधन हुने हुँदा हाल निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम जारी गरिरहनु नपर्ने फैसला गरेका भएको थियो । यससँगै स्थगित परिक्षा संचालनको बाटो खुलेको हो

आज भन्सार विभागले एक सुचना जारी गर्दै परिक्षा मिति सार्वजनिक गरेको हो । परिक्षा २०७९ –१–१७ गते दिनको २ बजे हुने छ । परिक्षा केन्द्र भने पछि सार्वजनिक गरिने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्