नेपालले सैद्धान्तिक भन्दा प्राविधिक शिक्षा जोड दिनुपर्छ: अध्यक्ष प्रचण्ड

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले शैक्षिक क्षेत्र बेरोजगार उत्पादनका केन्द्र जस्तो हुन नहुने बताएका छन । “निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशमा सैद्धान्तिक भन्दा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन ।

 

अध्यक्ष प्रचण्डले आज उद्घान गरेको निर्मल लामा बहुप्राविधिक शिक्षालयले दक्ष जनशक्ति उत्पादनमा योगदान दिनुपर्ने बताउदै भने, “यहाँ पढने विद्यार्थीहरु दक्ष बनुन्, उत्पादन श्रम र समृद्धिका कारक बनुन् । ”
अध्यक्ष प्रचण्डले नेपालको नेपालको शैक्षिक प्रणालीमा सुधारको आवश्यकता रहेको बताए । माओवादीले नेपालमा ८० प्रतिशत प्राविधिक र ३० प्रतिशत सैद्धान्तिक शिक्षा भए पुग्ने आँकलन सहित शिक्षा निति सुधारको प्रयास गरे पनि सफल हुन नसेकेको बताउदै प्रचण्डले भने, “अहिले पढाई भैराखेको सैद्धान्तिक शिक्षा दिएर बेरोजगार उत्पादन गर्ने जस्तो भयो । हामिले ८० प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षा ३० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षा बनाउनुपर्छ भनेर घोषणा पत्रमा लेखेर बामगठबन्धन बनाएर चुनावमा गएको भए पनि सत्तामा आईसकेछि केपी ओलीले घोषणपत्र अनुरुप काम गरेनन् र गर्न समेत दिएनन् ।”

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गरे। पाँच करोड ५० लाख रुपैयाँ लागतको ४० कोठे र चार करोड ८३ लाख रुपैयाँ लागतको २१ कोठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन्। अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गरेका हुन्।

‘अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ’, उनले भने, “यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गर्न सकिन्छ।”

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ। शिक्षालयले शिभिल इञ्जिनियरिङ, जोमेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ। यसैअनुरुप सिरहाको धनगढीस्थित सामुदायिक विद्यालयले प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन सुरु गरेको छ।

फरक प्रसंर्गमा अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए।

बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, “हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौं, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ।”

आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने प्रचण्डले जानकारी गराए ।

बर्दिबास–११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गरेका छन्। बर्दिबास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो।
अध्यक्ष प्रचण्डले जनयुद्ध दिवस मनाएर जनयुद्ध र जनआन्दोलनको सम्मान गरेको प्रति मेधस सरकार र मधेसी जनतालाई धन्यवाद समेत दिदै अब जनयुद्ध दिवस अन्य सरकार र केन्द्र सरकारले पनि मनाउनुपर्नेमा जोड समेत दिए ।

कमेन्ट गर्नुहोस्