निर्वाचन आयोगले कहीं नभएको नियम लगायो, निर्वाचनमा एमाले सिद्धिने छैनौं : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय चुनावमा अन्य दलले गरेको तालमेलले एमाले नसिद्धिने बताएका छन् । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन । ” । साथै उनले एमाले गठबन्धनको कारण नसिद्धिने बताए ।

याे पनि पढ्नुस  निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आयोगको आग्रह

स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए। “स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज मात्रै होइन”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “विसं २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिस गरेका थियौं । ”

याे पनि पढ्नुस  चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं : पूर्वप्रधानमन्त्री भट्टराई

उनले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पारे। “हामी गठबन्धन भएन भने सिद्धिन्छौं भन्ने पक्षमा छैनौ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौं,” पोखरेलले भने। उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने जिकिर गरे।

एमालेले चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले जिकिर गरे। “उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन भनिएको छ, केका लागि दुई दिन चाहियो?, उनले भने, “कहीं नभएको नियम यहाँ लगाइँदैछ।” निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्