प्रतिगामी तत्वलाई रोक्न माओवादी जाग्नैपर्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हजारौं शहिद तथा बेपत्ता योद्दाहरूको वलिदानिबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई सिंध्याउन ऐमाले नामको प्रतिगामी तत्व लागिपरेको बताउँदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताएका छन् ।

समसामयिक राजनितिक अवस्था र आसन्न स्थानिय तह निर्वाचनका विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई घुडा टेकाउन र अग्रगामी उपलब्धिहरूलाई संरक्षण गर्न पनि लोकतान्त्रिक शक्तिहरूका बिच गठबन्धन भएको बताए । उनले देश जोगाउने शक्ती माओवादी मात्र हो भन्ने देशब्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेन्डालाई लिएर उच्च मनोवलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए ।

प्रचण्डले जनयुद्धको भिषण समयमा पूर्वि चितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको बताए। राप्ती खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनितिक तथा वैचारिक प्रशिक्षण लाई सम्बोधन गर्दै पूर्वि चितवनमा पार्टीको सम्पूर्ण शक्ती केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरे ।

याे पनि पढ्नुस  निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आयोगको आग्रह

उनले भने, “युद्धको समयमा पुर्वि चितवन आन्दोलनको केन्द्र थियो अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे अहिले उनीहरू हावी भएका छन्।” उनले यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै त्यसका लागि पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिने समेत बताए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको संमृद्धि ,संघियता, धर्म निरिपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेन्डा संबिधान सभा मार्फत संबिधानमा लिपीबद्द गरेको बताउँदै भर्खरै सम्पन्न पार्टीको महाधिबेशनले समाजवादको दिशामा जाने विशेष खाका तय गरेको समेत बताए ।

मानब जातिका लागि जलवायू परिवर्तनले पारेको प्रभावले मानब जिवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगाएर कसरी मानव जिवनलाई सहज गराउने भन्नेमा पनि महाधिवेशनले ठोस निति लिएको समेत बताए । समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व वृद्दि र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

याे पनि पढ्नुस  निर्वाचन नजिकिंदै गर्दा मतदातालाई प्रभावित पार्न प्रचारप्रसार तिब्र

राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्ननगर पार्टी कमिटिहरूको संगठनात्मक अवस्था र पार्टीले आसन्न स्थानिय तह निर्वाचनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

सो अवसरमा माओवादी केन्द्र रत्ननगर कमिटीका अध्यक्ष श्याम बरालले आसन्न स्थानिय तह निर्वाचनमा रत्ननगर पार्टी कमिटी एक भएर निर्वाचनमा होमिएको बताउँदै भरतपुर र माडिको विकासको मोडललाई अनुशरण गरेर आम जनमानसमा स्थापित गर्दै मतदाताहरू संग मत माग्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा नेकपा ऐमाले, पार्टी परित्याग गरी दन्डपाणी न्यौपाने ,बिमला न्यौपाने ,बाबुराम मरहठ्ठा ,दुर्गा कुमारी मरहठ्ठा, अशोक मरहठ्ठा ,बासुदेब रेग्मी गरी ५४ जना, नेपाली कांग्रेस परित्याग गरी जुना उपरकोटी,सुनिता कुमती ,नेत्र प्रसाद लामिछाने ,सावित्री लामिछाने , नीशा भट्टराई ,मूत्ती प्रसाद लामिछाने ,डिल्लिराम शोडारी लगायत ६४ जनाले माओवादी केन्द्र प्रवेश गरेका थिए । नव प्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगायर स्वागत गरेका थिए ।

याे पनि पढ्नुस  स्थानीय तह निर्वाचन: आयाेगद्वारा निर्वाचन अधिकृतको नाम सार्वजनिक (नामावलीसहित)

सोही कार्यक्रममा रत्ननगर ,खैरहनी र राप्ती नगरपालिकाका कांग्रेस,एमाले ,समाजवादी ,राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश गरेका थिए ।रत्ननगर नगरपालिका वडा न ४ का प्रलाद ठाकुरले कांग्रेसबाट मुलुकको विकास र गरिब जनताको मुत्ति नहुने भन्दै जनताको आशा लाग्दो पार्टी माओवादी केन्द्नै हो भन्ने ठहरका साथ कांग्रेस छोडी माओवादी केन्द्र प्रदेश गरेको बताए ।त्यस्तै खैरहनी नगरपालिका १० कठारका एमालेका स्थापित स्थानिय नेता रामेश्वर चौधरीले २४ बर्ष एमालेमा वसी संगठन गरेर समय बर्वाद गरेको महशुस गर्दै जनताको असली साथी परिवर्तनको वाहक पार्टी माओवादीमा प्रवेश गरेको बताए ।

उनले कार्यकर्ताहरूलाई ढिला नगरी माओवादी केन्द्रमा प्रवेश गर्न आग्रह गरेका थिए । समाजवादी नेपाल बागमती प्रदेश सदस्य भवानी घिमिरेले समाजवादी पार्टीको सम्पूर्ण भूमिका छोडी माओवादी पार्टीमा प्रवेश गरेको घोषणा गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्