सरकार बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको पूर्वअर्थमन्त्री खतिवडाको आरोप

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकार भागबण्डामा रमाइरहेको तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाए ।

तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको आरोप लगाए ।

‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ, उनको आरोप छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारले सोच्न नसकेको उनको आरोप थियो ।

सम्पती शुद्धीकरण जस्ता समस्यामा डुबेको सरकारले थप शंकाको रुपमा रहेको आयातित पैसामा अर्थमन्त्रीले नै राष्ट्र बैंकमाथि हस्तक्षेप गरेर स्वीकृत दिन लाग्नु दुःखको कुरा रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्