संकटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीले जारी गरे विज्ञप्ति(पूर्णपाठ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने गलत निर्णय लिए‍को आरोप लगाएको छ । एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णयबारे टिप्पणी गरेको छ ।

“वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,” एमालेले भनेको छ ।

संकटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीको तर्फबाट जारी विज्ञप्तिको पूर्णपाठ

कमेन्ट गर्नुहोस्