मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा छैन : मुख्य सचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर हल्लामा आएजस्तो डरलाग्दो नभएको बताएका छन ।
नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

बैरागीले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्ने बताए । यसका लागि आयातमा देखिएको संकट समाधान गर्दै मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्नेमा उनको जोड छ।

त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्किन सङ्घर्षरत रहेको बताए । उनले बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेको बताए ।

कमेन्ट गर्नुहोस्