आज बाइडेन र मोदीबीच भर्चुअल बैठक हुँदै

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता हुन गइरहेको छ ।

रुसले चीनमा आक्रमण गरेपछि दुई देशका शीर्ष नेताबीच यो पहिलो औपचारिक वार्ता हो ।

अमेरिकी रक्षा मन्त्री र विदेशमन्त्रीबीच वासिङ्टन डिसीमा हुन गइरहेको द्विपक्षीय औपचारिक वार्ताअघि दुबै देशका कार्यकारी प्रमुखहरुबीच भर्जुअल छलफल हुने भएको हो । डिसीमा हुने वार्तामा भने भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र विदेश मन्त्री एस् जयशंकर तथा अमेरिकीबाट रक्षामन्त्री अस्टिन र एन्टोनी ब्लिन्केन सहभागी हुनेछन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि भारतले भने तटस्थताको नीति लिँदै आएको थियो। सुरक्षा परिषदको बैठकमा समेत चीन र पाकिस्तानसँगै भारतले मत दिएको थिएन ।
भारत इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिको प्रमुख साझेदार हो । यद्धपी रुससँग सैन्य उपकरण, हतियार र व्यापार तथा ऐतिहासिक सम्बन्धका कारण पछिल्ला दिनमा भने भारतले ठुलो दबाब सहनु परेको थियो ।

कमेन्ट गर्नुहोस्