व्यावसायिक वातावरण झन् बिग्रियाे, तत्काल समस्या समाधान आवश्यक- चेम्बर अफ कर्मस

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रिएको भन्दै अर्थतन्त्रका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

चेम्बर अफ कर्मसले ७१ औँ वार्षिक साधारणसभा एवं चेम्बर कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र बाह्य तथा आन्तरिक दुवै कारणले समस्यामा पर्दै गएको धारण राखे । उनका अनुसार तरलताको चरम अभाव, व्याजदरमा बृद्धि, कुल निर्यातले पेट्रोलियम पदार्थको आयतसमेत धान्न नसक्ने अवस्था लगायत सुचकले नै अर्थतन्त्रमा संकटका उदाहरण हुन् ।

आयतका शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने अवस्था, मुल्य अभिवृद्धि हुने वस्तुका कच्चा पदार्थ आयतका समेत गरिएको कडाई जस्ता अर्थतन्त्र थप धरसायी हुने अध्यक्ष मल्लको भनाइ थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्