युद्धले युक्रेनको अर्थतन्त्रमा धक्का, अन्य यी देशमा पनि आर्थिक मन्दी आउनसक्ने

काठमाडौं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचन हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ।

विश्व बैंक युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ।

युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो युद्धका कारण अहिले ठप्प भएको छ।

त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ।

 

अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व बैंकको प्रक्षेपण छ।

साथै उसले बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउन सक्ने बताएको छ ।

 

कमेन्ट गर्नुहोस्