हङकङमा चर्चित पत्रकार एलन पक्राउ

काठमाडौं । हङकङको केबल च्यानल नाउ टेलिभिजनका चर्चित पत्रकार एलन अउ देशद्रोहको आरोपमा पक्राउ परेका छन।

टेलिभिजनबाट देशद्रोहरूसँग सम्बन्धित सामग्री प्रकाशित गर्ने तयारी गरेको भन्दै हङकङ सरकारले उनलाई पक्राउ गरेको हो। उक्त च्यानलमा गत वर्ष सुरक्षाकर्मीले छापा मारी वरिष्ठ कर्मचारीहरुलाई पक्राउ गरेका छ ।

पक्राउ परेका पत्रकार एलन अउ चाइनिज युनिभर्सिटी अफ हङकङको स्कुल अफ जर्नलिज्मका सल्लाहकार समेत हुन । सन् २०२० देखि हङकङ प्रहरीले पत्रकार, र विपक्षी दलका कार्यकर्ताहरुलाई निशाना बनाई कारबाही गर्दै आएको छ ।

गत साता मात्रै अदालतको सुनुवाईको क्रममा ताली बजाएको आरोपमा देशद्रोहको अभियोग लगाएर ६ जना पत्रकार विरुद्ध मुद्दा चलाइएको थियो ।

कमेन्ट गर्नुहोस्