आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न सत्ता गठबन्धनकाे अपिल

काठमाडौं । सत्ता गठबन्धनको बालुवाटारमा आयोजित बैठक सम्पन्न भएको छ । बैठकले सत्ता गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने, आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्ने निर्णय गरेको छ ।

साथै, सत्तारुढ पाँचदलीय गठबन्धनले प्रतिगमनको खतरा कायमै रहेकोले देशैभरि  ठाउँ अवस्था हेरि चुनावी तालमेलका लागि सहकार्य गर्दै हिजोका मतभेदलाई पर पन्छाउदै चुनावमा एक अर्कोलाई सहयोग गर्ने प्रण समेत गरेको छ ।
आज बसेको पाँच दलीय गठबन्धनको बैठकपछि गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सामुहसक विज्ञप्ति जारि गर्दे तालमेल र सहकार्यको त्यसका लागि आम नेताकार्यकर्तालाई अपिल गरेको  हाे  ।

वक्तव्यमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई  र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

पढ्नुस विज्ञप्ति

कमेन्ट गर्नुहोस्