नेपालको दोस्रो हार

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले सुरुवाती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो । यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।

कमेन्ट गर्नुहोस्