बैकिङ प्रणालीमा तरलताको चाप छ, केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुङ्गाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन ।

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताईन।

उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताईन । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको कायम मुकायम गभर्नर ढुङ्गानाको दावी छ ।

व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने उनको भनाइ छ । नेपालको गरिवीनिवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरू प्रभावकारी साधन भएको उल्लेख गरे ।

कायममुकायम गभर्नर ढुङगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसख्याको १८ प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको बताईन ।

लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला शशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्