शशांकसंँग निर्वाचन आयोगले माग्यो ७ दिने स्पष्टीकरण : चुनावमा ६ करोड खर्च कसरी भयो ?

काठमाडौं । संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ।

बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।

कमेन्ट गर्नुहोस्