पाकिस्तानका २३औं प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

एजेन्सी । पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन ।

शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । उनको विपक्षमा कुनै पनि मत परेन ।

इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिंदै निर्वाचन नलड्ने घोषणा गरेका छन ।

प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति ८ बजे शपथग्रहण गर्नुहुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।

यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उनले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन ।

कमेन्ट गर्नुहोस्